गण्डकीमा कर्मचारी सूचना प्रणाली लागु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली लागु भएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरेका हुन् ।

एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त गरे । प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्नका यो प्रणाली लागु गरिएको प्रमुख सचिव डा. दामोदर रेग्मीले बताए ।

उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणि पत्रको ढाँचा समेत उल्लेख छ । गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दी छ ।

तीमध्ये २ हजार मात्र पुर्ति भएको छ । डा. रेग्मीले भने,‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारवाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगशिद्ध हुन्छ ।’ ७ प्रदेशमध्ये गण्डकीका यो प्रणाली पहिलोपटक लागु भएको उनले दाबी गरे ।

  • १ मंसिर २०७८, बुधबार ०८:१२ प्रकाशित