आजदेखी तोरीपानीबाट पुनः प्याराग्लाइडिङको उडान सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको प्याराग्लाईडिङ उडान पुनः तोरीपानीबाट सुरु भएको छ । गएको १ जनवरीबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनसगै सराङकोट र तोरीपानीबाट स्थानान्तरण भएको प्याराग्लाईडिङ आइतबारदेखी पुनः तोरीपानी फर्केको हो । ९ महिना मान्द्रेढुंगाबाट उडान भेरे पछि प्याराग्लाइडि पुनः तोरीपानी फर्कीएको नेपाल हवाई खेलकुद संस्था (ना)का महासचिव खेमराज आचार्यले जानकारी दिए ।

पर्यटन क्षेत्रमा आएको मन्दिसगै प्याराग्लाइडिङ व्यवसाय पनि अप्ठ्यारो अवस्थामा गुज्रेको थियो । त्यसमा पनि पुरानो स्थानबाट मान्द्रेढुंगा सरे पछि प्याराग्लाइडिङका उडानमा भारी कटौती भएको आचार्यले बताए ।

यो वर्षको सिजन भर्खर सुरु भएको र दैनिक उडान पनि बढेको छ, मान्द्रेढुंगाबाट तोरीपानी सरे पछि उडान संख्या बढ्ने आशामा छौँ, आचार्यले भने ।

नाले तोरीपानीबाट उडान भर्नका लागि स्थालगत अध्यनका लागि नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसंग समन्वय गरेको थियो । अध्यनले विमानस्थलबाट हुने उडानमा कुनै असर नपर्ने देखिए पछि तोरीपानीबाट उडान सम्भव भएको हो । नाका अध्यक्ष सुनीलबहादुर भट्टराईले तोरीपानीबाट उडान भरे पनि अवतरणका लागि भने अहिले पामेमा नै हुने छ । नाले फेवाताल किनार खपौंदीमा अवतरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान)मा अध्यन प्रतिवेदन बुझाएको भट्टराइले बताए ।

  • २८ आश्विन २०८०, आईतवार १७:३६ प्रकाशित