पोखरा ।
हुलाक निर्देशनालय पोखराले आज १४९ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रममो आयोजना गरि मनाएको छ।
दिवसको अवसरमा हुलाक निर्देशनालयले हिजो असोज २१ गते कार्यालयको कम्पाउण्ड बाहिर सामाजिक मन्त्रालयबाट मालपोत जाने बाटोमा भएका खाल्डा पुर्नुको साथै सरसफाई गरेको थियो ।आज कर्मचारीको सहभागितामा कार्यालय परिसर भित्र सरसफाई तथा, फूलका विरुवा क्यान तयार गरी रोपेको निर्देशनालय कार्यालयले जनाएको छ ।

सरसफाई तथा फुल रोप्ने काममा ३० जना भन्दा वढि कर्मचारीको सहभागिता रहेको थियो।यस्तै निर्देशनालयका निर्देशक कीर्तनराज पौडेल र शा।अ। तुलसी आचार्यले आजका पहिलो सेवा ग्राही पोखरा १२ का रोशन क्षेत्री र विदेशी नागरिक एलेक्सिस छेन्ट्रल चार्ली केभिकलाई टिका र खादा लगाई डायरी दिई सम्मान गरेका थिए ।

यस्तै निर्देशनालयमा कार्यरत हल्कारा ऋषिराम वास्तोला र याङ्जाकोट अतिरिक्त हुलाक कार्यालयका हल्कारालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गर्दै जनही नगद तिन हजार र सम्मान पत्रले पुरष्कृट गरिएको छ ।
आजै साँझ कार्यालयमा दिपावली गर्ने गरी कार्यक्रम समापन भएको हुलाक कार्यालयले पोखराले बताएको छ।














