अफगानिस्तानमा भूकम्प : एक हजारभन्दा बढीको ज्यान गयो

केन्द्रभाग मिडिया

काबुल ।

अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्। शनिबार गएको ६।३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। सयौं घाइते पनि भएका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्‍याउन थालेका छन्।

शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर(पश्चिममा भूकम्प गएको थियो।मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ । यसअघि आइतबार तालिबान सरकारले दुई हजार मानिस मारिएको वा घाइते भएको बताएको थियो।

  • २२ आश्विन २०८०, सोमबार १०:१७ प्रकाशित