गण्डकीका संसदीय समिति सभापति सर्वसम्मत

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सभाका ४ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । । प्रदेश सभाको ४ वटा विषयगत समितिको सभापति चयनका लागि भोलि आइतबार ओज २१ गते निर्वाचन तोकिएको छ । त्यसको अघिल्लो दिन विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सो समय भित्र ४ वटै समितिका सभापतिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको प्रदेश सभा सचिवालायका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

दलहरुले यस पहिलेनै समिति सभापतिमा भागबण्डा मिलाएका कारण सर्वसम्मत नेतृत्व चयन हुने भएको हो । ४ वटा समितिमध्य नेपाली कांग्रेसले २, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक– एक समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट अर्थ तथा विकास समितिमा भोजरा अर्याल, प्रदेश मामिला तथा कानून समितिमा चम्पादेवि खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा सुधिर कुमार पौडेलको उम्मेद्वारी परेको छ । भने सामाजिक विकास तथा कृषि समितिमा नेकपा माओवादीको तर्फबाट फणिन्द्र देवकोटाको मत्रै उम्मेदवारी परेको छ ।

समितिका सभापतिहरुको निर्वाचन प्रकृयाका लागि भोली दिउँसो १ बजेका लागि समितिको बैठक बसि सभापतिको औपचारीक धोषणा हुने प्रदेश सभा सचिवालयले जनएको छ । प्रदेश सभा निमावली २०८० को नियम १५६ बमोजिम सभापतिको निर्वाचन प्रकृया सम्पन्न हुने छ ।

  • २० आश्विन २०८०, शनिबार १६:२७ प्रकाशित