गण्डकीमा संसदीय समितिका सभापति निर्वाचन : भोलि उम्मेदवारी दर्ता, पर्सि निर्वाचन

केन्द्रभाग मिडिया

पोखरा  ।
गण्डकी प्रदेश सभा अन्तरगत गठित ४ वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

असोज २० गते (शनिबार) सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू २१ गते आइतबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

प्रदेश सभा अन्तरगतका समितिको सभापतिको निर्वाचनका लागि प्रदेश सभा नियमावली, २०८० को नियम १६५ बमोजिम सभामुख कृष्ण प्रसाद धितालले २०८० असोज २१ गते दिउँसो १ बजेको समय निर्धारण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


सम्बन्धीत समितिमा दर्ता भएका उम्मेदवारको दर्ता क्रमअनुसार उम्मेदवारीको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने छ ।

२७ सिटसहित सत्तामा रहेको  कांग्रेसले २ समितिमा सभापति र माओवादीले एक समितिको सभापति दावी गरेको छ । वाकीँ एक समितिको सभापति एमालेलाई दिने सत्ता पक्षको तयारी छ । तर, एमालेले प्रतिपक्षले पाउने सार्वजनिक लेखा समितिसहित दुइवटा समितिको सभापति दावी गदै आएको छ ।

प्रदेश सभा नियमावली अनुसार ४ वटा विषयगत समिति यस पहिलेनै गठन भइसकेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समितिमा आ–आफ्नो दावी गदै आएका छन् ।

कांग्रस संसदीय दलले सभापतिमा कांग्रेसले स्याङ्जाका भोजराज अर्याल र बागलुङकी चम्पादेवी खड्काको नाम पठाउने आकलन गरिएको छ । अर्याल संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेसंग पराजित भएका थिए ।

भने माओवादीले गोर्खाका फणिन्द्र देवकोटालाई पठाउने पक्कापक्की जस्तै छ । डा. बाबुराम भट्टराई पार्टीबाट निर्वाचन लडे पनि माओवादी केन्द्रको चुनाव चिन्नमा निर्वाचन जितेका थिए ।

एमालेबाट भने स्याङ्जाका सुधिर शर्माको नाम चर्चामा छ ।

दुइ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पर्टीले भने संसदीय दल र प्रमुख सचेतकमा जिम्मवारी भए पछि समिति सभापतिका लागि दावी गर्ने आधार रहेन ।

माओवादीमा विवाद नदेखी पनि कांग्रेस र एमालेमा भने आकंक्षी धेरै भएकाले शनिबार नै दलको बैठक बसेर सभापतिको उम्मेदवारी टुन्गो लगाउने तयारी छ ।

  • १९ आश्विन २०८०, शुक्रबार १५:५५ प्रकाशित