भोलि भूकम्प प्रभावित जिल्ला बझाङ जादैंँ प्रम प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो ।आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।

  • १८ आश्विन २०८०, बिहीबार १४:२७ प्रकाशित