एमाले गण्डकी अधिवेशन : १२ बजेदेखि मतदान सुरु हुने

केन्द्रभाग मिडिया

पोखरा ।
एमाले गण्डकी प्रदेश कमिटी निर्वाचन अन्तरगत आज मतदान हुदैछ ।मध्यान्न १२ बजे देखि मतदान सुरु हदैँछ । पोखरा सभागृहमा हुने मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ ।

मतदान स्थल वाहिर अहिले उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताको भिड लागेको छ । उम्मेदवारहरु प्रतिनिधिसंग मत माग्न थालेका छन् । आफ्नो पक्षका उम्मेदवारको प्रचारका लागि कार्यकर्ताहरु खटिएका छन् ।


अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् । मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनमा २७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।


यो निर्वाचनबाट एमालेका गण्डकी अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला उपसचिवसहित १६५ सदस्यीय कार्यसमिति चयन गरिनेछ । प्रमुखसहित लेखा समितिका सातजना पनि चुनिनेछ ।

  • १८ आश्विन २०८०, बिहीबार ११:१२ प्रकाशित