एमाले गण्डकीमा सहमतीको सम्भावना टर्यो, उम्मेदवार मत माग्न थाले

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (एमाले) गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्। शर्मा र अधिकारी दुई समूहको उम्मेदवारको रुपमा अधिवेशन सुरु हुनु पहिले नै चर्चामा आएका थिए ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन छ । घोषणा नगरे पनि दुवै पक्षले पदाधिकारीमा प्यानलै मनोनय दर्ता गरेका छन् । सामाजिक संजालमा समूहका उम्मेदवारको प्रचार गरिएको छ । अधिकारी समुहबाट बाबुराम विश्वकर्मा उपाध्यक्ष , रश्मि आचार्य सचिव, सन्तोष रावल र मिना गुरुङले उपसचिव पदमा उम्मेदवारी दिएका छन् ।

 

शर्मा समूहबाट उपाध्यक्ष मिन प्रसाद गुरुङ, सचिव धनाञ्जय दवाडी, उपसचिव दाम बहादुर विश्वकर्मा र महिला उपसचिव मन्जु अधिकारी छन् । उम्मेदवारी दर्ता पछी उम्मेदवारहरु मत माग्न व्यस्त देखिएका छन् ।

मनोनय दर्ता गरे पनि सहमतिको सम्भावन नटरेको उम्मेदवार शर्मा र अधिकारी बताउछन् ।

सहमतीको प्रयास भयो टुन्गोमा पुगेन, मनोनय दर्ता पछि पनि हामी अझै पनि प्रयत्नमा छौँ केही सकारात्मक नतिजा आउला, शर्माले भने । आएन भने पनि हामी हार्दीक/ स्वस्थ प्रतिष्प्रर्धा गछौँ । कार्यकर्ताको मतको सम्मान गर्ने उनले बताए ।

अधिकारीले गण्डकीमा सहमतीको खाचोँ रहेको बताए । नेताहरुलाई मैले अनुरोध पनि गरेको हुँ, कमरेड पिएस गुरुङ, खगराज अधिकारी, पद्यमा अर्याल, किरण गुरुङलाई सहमती साथ गण्डकीमा लैजाउ मैले भनेको हुँ । मेरो लागि सहमती हुन्छ भने ठिक छ मलाई बनाउनोस् म वाहेक अर्को पात्रलाई सहमती हुन्छ भने बनाउनोस् मैले वारम्बार अनुरोध गरे, अहिले मैले सुन्दै छु नेताहरु सहमतीमा पुग्नुभएन भन्ने सुनेको छुँ अधिकारीले भने ।

सहमति नभए आजै विद्युतीय प्रविधीबाट निर्वाचनमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन्।

 

 

  • १७ आश्विन २०८०, बुधबार १६:३२ प्रकाशित