दसैंको टीकाको उत्तम साइत ७ कात्तिकको विहान ११ : ०२ बजे

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने

केन्द्रभाग मिडिया

पोखरा ।

यस वर्षको दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार दसैंको टीकाको साइत सार्वजनिक सार्वजनिक गरेको हो ।

समितिका अनुसार यस वर्षको दसैँको सुरुवात २८ असोजको आइतबार हुनेछ । घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको समितिले जनाएको छ ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ ।

 

  • १६ आश्विन २०८०, मंगलवार १९:४९ प्रकाशित