एमाले गण्डकीमा कलस्टरको लफडा, निर्वाचन प्रक्रिया स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले गण्डकीको निर्वाचन प्रकृया भोलिसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो तीन बजेका लागि मनोनय दर्ता गर्ने समय तोकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि कलस्टरबाट छनोट गर्ने सदस्य वारे सहमती नजुट्दा निर्वाचन प्रकृया सरेको निर्वाचन कमिटिले जनाएको छ ।

तीन बजेका लागि मनोनयनको समय तोके पनि क्लष्टरमा कुरा नमिल्दा उक्तसाझ ५ बजेका लागि सारिएको थियो । तर, उक्त समयमा पनि नटुंगिएपछी उम्मेदवारी दर्ता बुधबारका लागि सारिएको हो ।

मनोनयनका लागि बुधबार बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने अर्को कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो ।


अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ ।
विधुतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानका लागि ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि पोखरा आएका छन् ।

गण्डकीको अधिवेशनमा एमालेमा दुइ खेलमा स्पष्ट खेखिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्यानल नै चुनावि प्रतिष्प्रर्धामा देखिएको छ ।

गुरुङ हालका अध्यक्ष नवराज शर्मा दोहो¥याउन चहान्छन् भने खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित छ ।

अध्यक्ष र सचिवको उम्मेदवार सहित प्रचार सामग्री समेत सामाजिक संजालमा प्रचार गरिएको छ । शर्माले धनञ्जय दवाडीलाई सचिवको रुपमा अगाडी सारेका छन् भने अधिकारीले रश्मि आचार्यलाई सचिव समेटेका छन् ।

 

केन्द्रीय सदस्य कास्कीका राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले प्रदेश अध्यक्षका आकंक्षी हुन् ।

अधिवेशन पहिले गुरुङ समूहमा देखिएका  स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल कस्को पक्षमा खुल्छन् भन्ने चासोले दिनभर चर्चाको विषय बन्यो ।

किरण गुरुङ डेंगी लागेको कारण भन्दै मौन बसेका छन् भने अर्याल पनि अधिकारी समूहमा लागेको संकेत गदै प्रचार प्रसार भएको छ ।

निर्वाचन पर्खीरहेका प्रतिनिधि भने निर्वाचन प्रकृया सुरु नभए पछि दिनभर झरीलाई झेल्दै पोखरा सभागृह भित्र र बाहिर गरिरहेका थिए ।

  • १६ आश्विन २०८०, मंगलवार १८:३१ प्रकाशित