सुन तस्करी प्रकरण

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन

केन्द्रभाग मिडिया

 

काठमाडौं।
सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा छानविन आयोग गठन गरेको भएको छ मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरुको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याएको सुनलगायत पटकपटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको भए अनुसारनै मन्त्रिपरिषद्ले छानविन आयोग गठन गरेको हो ।

  • १४ आश्विन २०८०, आईतवार १३:२७ प्रकाशित