पोखरा १७ विरौटाका क्षितिज फुस्रेखोलामा मृत भेटिए

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा एक युवकको शव भेटिएकोे छ ।

भेटिएको युवकको शव पोखरा १७ विरौटा हनुमान टोलमा बस्ने १६ वर्षीय क्षितिज बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको शव खोलामा अड्किएको अवस्थामा भेटिएको थियो ।

क्षितिजको शव उनको ठूली आमाले सनाखत गरेको प्रहरीले जनाएको छ ।

  • १४ आश्विन २०८०, आईतवार १०:५२ प्रकाशित