चीनबाट पोखरा सोझै हवाई उडान गर्ने वारे छलफल भयो : प्रधानमन्त्री

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरीका र चीन भ्रमण सकेर स्वदेश फर्केका छन् । स्वदेश फर्केका प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा छलफल भएको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्राकरहरुसंगको भेटमा प्रचण्डले हवाई उडानमा सहकार्य गर्ने वारे कुराकानी भएको जानकारी दिए ।

प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका । उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको प्रचण्ले जानकारी दिए ।

 

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने ।

 

 

  • १३ आश्विन २०८०, शनिबार १३:०४ प्रकाशित