मणिपालमा उत्पन्न तनावको अन्त्य, प्रशासन र आफन्तबीच ६ बुँदे सहमति

केन्द्रभाग मिडिया

पोखरा ।
उपचाररत महिलाको ज्यान गुमेपछि मणिपाल शिक्षण अस्पतालमा उत्पन्न तनावको अन्त्य भएको छ । अस्पताल प्रशासन र मृतकका आफन्तका बीचमा बिहीबार साँझ ६ बुँदे सहमति भएसंगै तनाव अन्त्य भएको हो । सहमतिसंगै दुबैपक्ष आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमत भएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बाशु घिमिरेले अस्पताल प्रशासन र मृतकका आफन्तका बीचमा सहमति जुटेसंगै मणिपालका चिकित्सिक, स्वास्थ्यकर्मी र उपचारको क्रममा ज्यान गुमाएकी सुकमायाँ दुराका आफन्तका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको जानकारी दिए । ‘अस्पताल प्रशासन र मृतकका आफन्त बीचमा ६ बुँदे सहमति भएको र त्यसपछि आन्दोलनका कार्यक्रम सबै स्थगित भएका छन्’ सिडिओ घिमिरेले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ज्यान गुमाएकी लमजुङ शुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको गाउँमा मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य सिविर सञ्चालन गर्ने, ज्यान गुमाएकी महिलाको वडाबाट विपन्न भनी सिफारिस आएमा मणिपालले निसुल्क उपचार गर्ने, मृतकको उपचार सम्बन्धि सबै कागेजात हेर्न दिने, मृतकको आत्मका चीर शान्तिको कामना गर्दै दुबै पक्षका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिनुका साथै चिकित्सकलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका विनय गुरुङलाई कानुनी सहजिकरण गर्ने सहमति सहमति जुटेको हो ।

यद्यपी आवासीय र इन्ट्रम चिकित्सकका केन्द्रीय कार्यक्रम अन्तर्गतकै कार्यक्रमका कारण मणिपालको ओपीडी भने शुक्रबार पनि सञ्चालन हुन सकेको छैन ।

  • १२ आश्विन २०८०, शुक्रबार ०९:५३ प्रकाशित