पोखरामा केपी ओली कप क्रीकेट हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा केपी ओली कप राष्ट्रिय टी-२० क्रीकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

मंसिर ७ देखि १६ गतेसम्म पोखरा रंगशालाको क्रीकेट स्टेडियममा खेल सन्चालन हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरेर खेल वारे जानकारी दिएको हो ।

आइसिसीको नियम अनुसार खेल सन्चालन हुने छ । एकेडेमिले पत्राचार गरे अनुसार टिमको उपस्थिति भएमा ११ समूहले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए ।

सातै प्रदेशका समूहसँगै विभागीय टोलि नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, मदन भण्डारी स्पोर्ट्स एकेडेमी सहभागी हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ । म्यान अफ दि सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ, म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्छ लाग्ने अनुमान आयोजकको छ ।

एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनी पिस ओपन हाफ म्याराथन गरेको थियो भने गतवर्ष केपि ओलि कप फुटबल प्रतियोगिता भएको थियो ।

  • ११ आश्विन २०८०, बिहीबार १७:४१ प्रकाशित