भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन माओवादीको अपिल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) ले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेको अभियानमा साथ दिन अपिल गरेका छन् । माओवादी केन्द्रको आज ९बिहीबार० बसेको पदाधिकारी बैठकमा सरकारले गरेका कामकारबाहीको बारेमा समिक्षा गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल देश बाहिर छन् । बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निश्कर्ष निकाल्दै यसप्रति सबै सचेत हुनुपर्ने भनेको छ ।

 

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,‘देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेत देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भट्ठरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रुप लिनसक्छ ।’

पछिल्लो समय सर्लाहीमा हिन्दू र मुस्लिम समूदायबीच झडप र एक अर्कामाथि आक्रमणका घट्ना भएका कुरा बाहिर आएका छन् । सर्लाहीको प्रशासनले जिल्लाका विभिन्न ठाउँमा कफ्र्युसमेत जारी गर्नुपरेको थियो ।

  • ११ आश्विन २०८०, बिहीबार १३:५८ प्रकाशित