एमाले बागमती अधिवेशन : सहमति नभएपछि निर्वाचन पक्का, भोलि मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटाउने प्रयास गरेपनि सफल भएनन् ।

  • १० आश्विन २०८०, बुधबार १५:२० प्रकाशित