नेपाली ट्राइयाथलन टोली हाङ्गझाउ प्रस्थान

केन्द्रभाग मिडिया

चाईनाको हाङ्गझाउमा आयोजना भईरहेको १९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एशियन गेम्समा पहिलो अनुभव रहेको छ । वसन्त थारुले दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाईसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एशियन गेम र ईडोनेसियामा भएको जाकार्ता एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रबारबाट सुरु हुनेछ । आधिकारीक रुपमा ट्राईयाथलन संघको स्थापना पश्चात छोटो समयमा नै नेपाली खेलाडीहरुले नेपालका लागि पदक जोड्न सफल भईसकेका छन् ।नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

  • ९ आश्विन २०८०, मंगलवार १६:४५ प्रकाशित