चीन–नेपालबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

केन्द्रभाग मिडिया

काठमाडौं।
चीन नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि आज नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको छ।   १२ समझदारी र १ समझदारीमा पत्रमा समेत हस्ताक्षर भएको हो ।

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

  • ८ आश्विन २०८०, सोमबार ११:५३ प्रकाशित