यो नालायक सरकार हो, जनतालाई हेर्दैन : ओली

केन्द्रभाग मिडिया

File photo

ओखलढुंगा ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

यति नालायक सरकार पनि राख्ने हो रु यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ, ओलीले भने, ‘यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक(सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’

उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।

  • ७ आश्विन २०८०, आईतवार १७:०५ प्रकाशित