सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो ।

यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ ।

एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

  • ७ आश्विन २०८०, आईतवार १६:०७ प्रकाशित