कांग्रेस केन्द्रीय समिति बैठक

आज ३२ केन्द्रीय सदस्यले धारणा राखे : बैठक भोलि फेरि बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार जारी जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ ।

तर, बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेमा असोज ४ देखि जारी रहेको छ।

आइतबारको बैठकमा ३२ जना केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला , राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी., विनोदकुमार चौधरी, ई मोहन आचार्य, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल , विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिए ।

  • ७ आश्विन २०८०, आईतवार १५:४० प्रकाशित