प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएकै दिन भारतले सार्वजनिक गर्यो भारत भ्रमणको उपलब्धि

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

भारतीयले नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल स्थित भारतीय दुतावासले आज (शनिबार) उपलब्धि सार्वज्निक गरेको हो ।

सामाजिक सञ्जाल एक्समार्फत सर्वाजनिक उपलब्धिमा विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको हो । आज नै प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट चीन पुगेका बेला भारतीय राजदूतावासले उनको भ्रमणका उपलब्धिहरू सार्वजनिक गरेको हो । प्रधानमन्त्री चीन भ्रमणमा पुगेका बेला यसरी भारतको तर्फबाट दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धि सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा लिइउको छ ।

भारतले विशेष गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्‍याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ । त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर प्रसारण लाइनमार्फत् विद्युत थप भएको उल्लेख गरिएको छ । भारतीय राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’

राजदूतावासले कुर्था–बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बूढानीलकण्ठ धर्मशाला पुनःनिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ।

प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए ।

 

  • ६ आश्विन २०८०, शनिबार १५:३३ प्रकाशित