यती एयरलाइन्स दुर्घटना जाँचबुझ समितिले बुझायो प्रतिवदेन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

दुर्घटनाबारे विस्तृत जाँचबुझ गर्न समिति गठन गरिएको थियो । समितिले सुझावहरूसहितको प्रतिवेदन सरकारालई पेस गरेको हो । प्रतिवेदन भने सार्वजनिक भएको छैन । सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

गएको माघ १ गते विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती नदी खोचमा दुर्घटनाग्रष्ट भएको थियो । घटनामा चालकदलका ४ सदस्यसहित ७२ जनाको घटनास्थलमै निधन भएको थियो ।

प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम दुई महिनाभित्र सार्वजनिक हुने मन्त्रालयले जनाएको छ ।

  • ५ आश्विन २०८०, शुक्रबार १६:४७ प्रकाशित