पत्रकार पौडेललाई यातायात पत्रकारिता पुरस्कार प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकार ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । प्रा.लि.को पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर आज पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरीएको हो ।

विगत १७ वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल पौडेललाई नगद २५ हजार रुपैया , सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । सडक यातायातसँग सम्बन्धित सुचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सुचित गराउन उल्लेख्य योगदान पु¥याएकोमा महासंघ तथा प्रालिले पौडेललाई पुरस्कृत गरेको जनाईएको छ ।

पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन , एभिन्यूज टेलिभिजन , पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् । यसैगरी पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत पौडेल विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भईसकेका छन् ।

प्रालिले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथक लगायत सम्मानित भैसकेका छन् ।

 

  • ४ आश्विन २०८०, बिहीबार १९:५० प्रकाशित