पोखरा ।
पृथ्वी होटल व्यवसायी समितिले प्रदान गर्ने पृथ्वी पत्रकारिता पुरस्कार पत्रकार कृष्ण दवाडीलाई प्रदान गरिने भएको छ ।
प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष दवाडीलाई प्रदान गर्ने भएको हो । समितिको हालै बसेको बैठकले पुरस्कार दवाडीलाई दिने निर्णय गरेको अध्यक्ष बालकृष्ण निउरेले जानकारी दिए ।
पुरस्कार साधारणसभाको अवसरमा भोलि (शुक्रकार) नै प्रदान गरिने उनले बताए । पुरस्कृत हुन लागेका दवाडी नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष हुन् ।
डेढ दशकदेखि पत्रकारितामा कृयाशिल दवाडी राष्ट्रिय समाचार समितिका कास्की सम्वाददाता हुन् भने हिमाली आवाज डटकम र पत्रिकाका सम्पादक हुन् ।














