विद्यालयहरुलाई पूर्ववत अवस्थामा पठनपाठन गराउन पोखरा महानगरको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले विद्यालयहरुलाई पूर्ववत अवस्थामा नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा दोस्रो दिन आन्दोलन चर्काइरहेको बेला महानगरले यस्तो निर्देशन दिएको हो ।

शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरू अगाडी बढाउँदा बिद्यार्थीहरुको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको उल्लेख गर्दै महानगरले शिक्षकका मागप्रति महानगर संवेदनशील रहेको पनि जनाएको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा ‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा महानगरपालिका निर्देशन गर्दछ’ उल्लेख छ ।

  • ४ आश्विन २०८०, बिहीबार १६:२४ प्रकाशित