राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै पौडेल

केन्द्रभाग मिडिया

तनहुँ ।

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।

व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमाडौं फर्किने छन् ।बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

  • ४ आश्विन २०८०, बिहीबार १४:२८ प्रकाशित