संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

संविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्पूर्ण गण्डकी बासीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिदैं उनले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको बताएयसकालागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाई छ ।

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

मुलुकको अग्रगामी परिर्वतनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । ‘लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका संघर्षहरुमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिहरु, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका ब्यक्तिहरु प्रति उच्च सम्मान सहित स्मरण गर्दछु’ मुख्यमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि वि।सं। २०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको थियो । यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।

वर्तमान संविधानले निरङकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको मुख्यमन्त्री पाण्डेले बताए।

  • ३ आश्विन २०८०, बुधबार ०९:०५ प्रकाशित