कञ्चनपुर ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन भएको छ ।
बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको च्याउ टिप्न निकुञ्जभित्र गएका बेला गैंडाको आक्रमणबाट शुक्रबार घटनास्थलमै निधन भएको हो ।
उनीसँगै अन्य दुई जना महिला पनि च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए तर उनीहरु भागेर बाँचेका छन् ।
निकुञ्जअन्तर्गत पर्ने कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।
शुक्रबार बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।














