मिजार समाज नेपाल पोखराको अध्यक्षमा सुरेन नेपाली, ४५ सदस्यीय महानगर कमिटी गठन

केन्द्रभाग मिडिया

पोखरा ।

मिजार समाज नेपाल पोखराको अध्यक्षमा सुरेन नेपाली नियुक्त भएका छन् । २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा ४५ सदस्यीय महानगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ ।

यस्तै उपाध्यक्षमा रामबहादुर नेपाली, ओममाया नेपाली, सचिवमा विनोद नेपाली सह–सचिवमा गोविन्द नेपाली र मञ्जु नेपाली, कोषाध्यक्षमा जौमाया नेपाली र सह–कोषाध्यक्षमा चन्द्र बहादुर नेपाली लगायत सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समाज परिवर्तनमा मिजार समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् ।

उत्पीडित समुदायको हक हितका लागि युद्धमा सहभागी हुँदै आएको समुदायले उत्पीडितको समस्या समाधान गर्न एक हुनु खुसीको कुरा भएको बताइन् । समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिका कारण अहिले सदनमा दलित मात्रै १३ प्रतिशत रहेको जानकारी दिईन ।

उनले मानव भएर पनि जातीय छुवाछुतको कारण घृणा हुँदै गर्दा मिजार समाज लगायतका समुदायको आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो । उनले अझै पनि बेलाबखत विभेदका घटना घट्ने गरेको र यसका लागि समाज जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

दलित समुदायलाई संविधानले अधिकार सम्पन्न बनाएको र त्यो अधिकारको रक्षा र विकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।
मिजार समाज नेपाल कास्की उपाध्यक्ष उमेश उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कमजोर रहेको बताए ।

सोही अवसरमा पुर्व जिल्ला अध्यक्षहरु मंगल नेपाली, रुद्र बहादुर नेपाली, हरिशचन्द्र नेपाली र स्व. बुद्धि बहादुर नेपालीका (परिवार) लाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदानको मुल्यांकन गर्दै नर्स सावित्री नेपाली लाई सम्मान गरिएको थियो भने ३४ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

डा.एलिसा सुर्खेतीलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरियको थियो हाल उनी चरक हस्पिटलमा कार्यरत छिन । उक्त कार्यक्रम जिल्ला अध्यक्ष रमेश सिकेको सभापतित्वमा सम्पन्न भएको थियो ।

मिजार समाज नेपाल पोखराको अध्यक्ष हुनुपर्नेमा मिजार समाज नेपालको अध्यक्ष भएकोमा करेक्सन गरिएको ।

  • २८ भाद्र २०८०, बिहीबार ०९:१९ प्रकाशित