सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई अदालत लगियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो ।

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

  • २७ भाद्र २०८०, बुधबार १६:३७ प्रकाशित