सुवास नेम्वाङका दुवै छोराहरु काठमाडौँ आईपुगे, अन्तिम संस्कार भोलि गरिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि काठमाडौँ आइपुगेका छन् । बाबुको निधनको खबरपछि उनी बेलायतबाट आज स्वदेश आइपुगेका हुन् ।

सुवासका कान्छा छोरा सुहाङ मंगलबार राति साढे १० बजे नै आइपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण मंगलबार बिहान निधन भएको थियो ।

उनको अन्तिम संस्कार भोलि बिहान ११ बजे पशुपतिमा राजकीय सम्मानसहित गरिने छ । उनको अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।

  • २७ भाद्र २०८०, बुधबार १३:३६ प्रकाशित