विपी जयन्तीमा नबिसंघ कास्कीद्वारा रक्तदान

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल बिध्यार्थी संघ कास्की द्वारा महामानब बि पी कोइराला को ११० औ जन्मजयन्ति को अवसर मा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मूल नाराका साथ रगत को अभाव हुन नदिन आयोजित कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको थियो ।

उक्त कार्यक्रममा रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार का पुर्ब कानुनमन्त्री तथा बि पी का प्रिय मान्छे यज्ञबहादुर थापा ,विशेष्ट अतिथि ने बि संघका केन्द्रीय सदस्य धर्मराज शाही ,ई भुवन भट्ट ,नेपाली काङ्ग्रेस क्षेत्र नं १ सभापति राजेन्द्र मणि लामिछाने ,अतिथि हरु ने बि संघ केन्द्रीय सदस्य बिक्रम आदित्य सिंह गिरी ,रबिन केसी,निर्दोष बिक्रम पौडेल ,रबिन केसि ,नेपाली काङ्ग्रेस का नेता मुरारी कोइराला ,वडा नं २६ सभाति शिब बहादुर रानाभाट ,वडा नं २९ सभापति दिपक मणी भण्डारी, २७ सभापति नारायण मणि लामिछाने,३१ कार्यबाहाक सभापति भानु भक्त पौडेल ,जिल्ला सदस्य बाबुराम गिरी ,तरुण दल केन्द्रीय सदस्य दिपक मल्ल ,सुरज जंग राणा लगाएत को उपस्थिति रहेको थियो।

प्रमुख अतिथि थापाले नेपाल बिधार्थी संघ केन्द्रीय सदस्य भुवन भट्ट लाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथिको मन्तव्य राक्दै थापा ले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गरे। नेविसघ बिपिको आदर्श र बिचार मा हिँड्नु पर्ने उनले जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका उपसभापति ऋषिकेश चालिसे ले गरेका थिए। कार्यक्रममा नेबि संघ वडा नं २३ सभापति कृष्ण पौडेल ,नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २७ का सचिव तथा बिध्यार्थी नेता गोपि तिवारी ,जिल्ला सदस्य बाबुराम गिरी लगाएतले बोलेका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको मा नेपाल बिध्यार्थी संघ कास्की का सभापति तथा कार्यक्रम संयोजक राजिब भण्डारी ले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै अझ रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।कार्यक्रम को सन्चालन बिध्यार्थी नेत्री भावना पौडेले गरेका थिए ।

  • २५ भाद्र २०८०, सोमबार २१:०० प्रकाशित