पोखरा ।
नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । ११० औं वीपी जयन्तीको अवसरमा पारेर आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रमको आरम्भ गर्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञ वहादुर थापाले वीपीवादको सिद्धान्त सवै पार्टीले अवलम्वन गरेको जानकारी दावी गरे। उनले वीपी चिन्तनले नै नेपाली काङ्ग्रेस देशकै उत्कृष्ट र जनताप्रेमी पार्टी वनेको उनको भनाई छ।
नेविसंघ कास्कीका सभापती राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की कांग्रेसका उपसभापति रामवावु भण्डारी, क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वावुराम गिरी,, नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, धर्म राज शाही, नसिव गुरुङ, निर्दोष विक्रम पौडेल र नेविसंघ कास्की सचिव भावना पौडेल लगाएतले वीपी कोइरालाको योगदानका साथै रक्तदान र यसको महत्वको बारेमा बोलेका थिए ।














