घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको निधन

केन्द्रभाग मिडिया

कपिलबस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको निधनभएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर निधन भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटा शाखा इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए ।

विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको निधन भएको हुनसक्ने उनको भनाइ थियो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

गाउँको प्रतीक्षालय बस्ने अरुको काम गरिदिएबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन् । निधन भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।

  • २४ भाद्र २०८०, आईतवार १८:१७ प्रकाशित