हेटौँडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अब मुलुक नयाँ युगमा प्रवेश गर्ने बताएका छन् ।
समाजवादी मोर्चाले आइतबार हेटौँडामा गरेको सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले सरकारको नेतृत्व जनताका एउटा सफल योद्धाले गरेको भन्दै अब देश नयाँ युगमा प्रवेश गर्ने बताउँदै नेपाली जनता निराश हुनु नपर्ने बताएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले अहिले निकै राम्रो काम गरेको उल्लेख गर्दै नेपालले राम्रो कामलाई राम्रो भनेर प्रचण्ड सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।














