पहिरोसँगै खसेको ढुंगाले लाग्दा मोटरसाइकलमा सवार युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको ज्यान गएको छ ।

केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका(४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको प्रहरीले जनाएको छ ।

डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।

गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै ज्यान गएको बताइएको छ।

  • २४ भाद्र २०८०, आईतवार १०:०२ प्रकाशित