पोखरा ।
शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो ।
सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण सिग्देले विद्यालयमा ३० वर्ष सम्म अध्यापन गराएका थिए ।
अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगाएतलाई हरीमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाका चेक हस्तान्तरण गरे ।
१ लाख रुपैयाबाट आएको व्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विद्यालयक प्रधानध्यापक न्यौपानेले बताए ।