वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए राष्ट्रिय झण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीको लागि रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिको थियो ।रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर बालेन साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

  • २१ भाद्र २०८०, बिहीबार १५:३५ प्रकाशित