काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगी संक्रमणबाट निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं ( ७ का क्षेत्रीय सभापति हुन् ।

  • २१ भाद्र २०८०, बिहीबार ०९:२६ प्रकाशित