काठमाडौं ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको ज्यान गएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।
सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २:३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ ।














