गएराती चट्याङले लाग्दा दिदीको ज्यान गयो, बहिनी घाइते

केन्द्रभाग मिडिया

बाजुरा ।

बाजुरामा चट्याङ लागेर दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् ।

गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । चट्याङ लागेर ज्यान गुमाएकी रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् ।

कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएको हो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ भाद्र २०८०, आईतवार १४:५१ प्रकाशित