काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन एकसाथ ठोक्किए : १४ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।

आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।

त्यसपछि बा।प्र।०२(०३७ प ५३११ नम्बरको स्कुटर र बा।प्र।०२(०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका(२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • १७ भाद्र २०८०, आईतवार ०९:५० प्रकाशित