सिन्धुपाल्चोक ।
दोलखाबाट काठमाडौँ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
बा १५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटनामा परेको हो ।ज्यान जानेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
स्कारपियो सडकबाट करिब तीन सय मिटर तल खसेका छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।














