गोरखा ।
अरिंगाल पोल्न गएका आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ । मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् ।
गोला पोल्न भनेर सिमलको रुखमा चढेको र पोल्ने क्रममा टेकेका हाँगा भाँचिएर लड्दा गम्भीर घाईते भएका माझीको उपभारको क्रममा राती नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिएका छन् ।
३६ बर्षका माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।














