वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

बैतडीमा सर्पले टोकेपछि वैद्यलाई झारफुक गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले घटाललाई मंगलबार साँझ खाना पकाउने क्रममा सर्पले भान्सा कोठामा टोकेको बताए ।घटाललाई निको पार्ने भन्दै स्थानीय वैद्यले झारफुक गरेका थिए तर घटालको भने झारफुक गर्ने क्रममा राति १ बजे मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।

  • १३ भाद्र २०८०, बुधबार १६:४३ प्रकाशित