दोलखा-पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का

केन्द्रभाग मिडिया

 

पोखरा ।

दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार सम्पन्न उक्त अधिबेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमादेबी खड्का, सचिबमा कमल बहादुर बस्नेत र कोषाध्यक्षमा दाछिरी शेर्पा चयन भएका छन् । सदस्यहरूमा, रविचन्द्र श्रेष्ठ ,सरिता केसी, गीता श्रेष्ठ, रामजी भण्डारी, र रोजिना श्रेष्ठ चयन भएका छन् छन् ।

अधिबेशनको सो संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गरेका थिए । अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल, समाजसेवी पदम ढकाल, कोषाध्यक्ष खुस बहादुर खड्का, सचिब कमल बस्नेतले लगायतले बोलेका थिए ।

  • ११ भाद्र २०८०, सोमबार १८:१७ प्रकाशित