विद्यालयमा मानव बेचविखन नियन्त्रणका लागि “हाम्रो अभियान”

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नंं. ३२, राजाको चौतारामा रहेको ब्रह्म रुपा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई १ दिने मानव बेचविखन नियन्त्रणका लागि हाम्रो अभियान कार्यक्रम गरेको छ।

बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने अठोटका साथ पोखराको थ्री एञ्जल्स नेपालले सो सचेतना अभियान गरेको हो ।

मानव बेचविखनको मारमा विशेषत १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी विद्यालयमा सचेतना अभियान शुरु गरिएको संस्थाका इन्चार्ज घिरेन्द्र विकले जानकारी दिए ।

पछिल्ला समयमा मानव बेचविखनमा नयाँ–नयाँ प्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ देखि १२० जना विद्यार्थीलाई १५/१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिन्छ ।

भने संस्थाले विद्यालय, शसस्त्र प्रहरीबल, क्लव, आमा समुह आदि विभिन्न संघ संस्थामा यस प्रकारको विधिको प्रयोगात्मक अभ्यास गराइन्छ ।

  • ११ भाद्र २०८०, सोमबार १६:४० प्रकाशित